धनगढी : कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् ।
उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए ।
उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया