२०८२ असार ४ बुधबार

राशिफल

नेप्से १६ अंकले घट्यो

काठमाडौं : पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ ।
आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ ।

तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए ।

भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रुपमा सकारात्मक बनिसकेको छैन ।

सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् ।

तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ ।

यो बजारका लागि सुखद् पक्ष हो । आम लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन् ।

अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् ।

सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।