काठमाडौं : मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले विदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ ।
यसअघि आइतबारका लागि पेसी तोकिएको भएपनि आइतबार विदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ ।
सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।
कामु प्रधानन्यायाधीश विश्वराज पोखरेल र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा सातामा एकदिन सुनुवाइ हुने गरेको थियो ।
असार १९ गते पेसीमा चढेको उक्त मुद्दाको सुनुवाइपछि असार २६ गते आइतबारका लागि पेसी तोकिएको थियो ।
तर आइतबार सार्वजनिक विदा परेपछि उक्त मुद्दाको पेसी कहिले पर्ने यो टुङ्गो लागेको छैन ।
तपाइँको प्रतिक्रीया