काठमाडौं : नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज ९शुक्रबार० अन्तिम दिन हो । कम्पनीले १७ असारदेखि १४ लाख ३९ हजार ४१२।७५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो ।
यसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६।१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६।२७ कित्ता रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले यसअघि ६ देखि २६ जेठसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर अहिले लिलामीमा ल्याइएको हो । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
तपाइँको प्रतिक्रीया