नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले केका लागि हतियार उठाएको हो ? भनेर आफुले पहिलेदेखि नै सोधे पनि जवाफ नपाएको बताएका छन् । शुक्रबार एमाले नेता छविलाल कार्कीको १२ औं स्मृतिसभालाई सम्बोधन गर्दै माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र काँग्रेसका कार्यकर्ता मात्रै मारिएको बताए ।
‘संविधानसभाका लागि हतियार उठाउनुपर्थ्यो र? अहिलेसम्म पनि माओवादीले केका लागि हतियार उठाएको थियो प्रचण्डले जवाफ दिएका छैनन्, भोलि पर्सी जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ । उनले अनावश्यक समयमा हतियार उठाउने, देशमा विग्रह मच्चाउने र युवाहरुलाई खाडीमा पठाउने काम माओवादीले नै गरेको दावी गरे । ‘कुनै उद्यम गर्न माओवादीले दिँदै दिएन । ६३ मा संसदमा जाने, ६४ मा सरकारमा जाने, ६५ मा प्रधानमन्त्री हुने र त्यसपछि छवि कार्कीलाई घरमा गएर हड्डी भाँचेर मार्नुपर्ने कारण के हो रु प्रचण्डलाई थाहा छ रु’ छवि कार्कीको हत्या कमजोरी थियो भनेर प्रचण्डले आजका दिनमा भन्न सक्नुपर्ने बताए ।
‘अलिकति लज्जाबोध छैन, ढुंगाले हानेर, हड्डी भाँचेर, मैले छवि कार्कीको शव हेरेको थिएँ । नेपाली जनतासँग माफी माग्नु छैन । जनता पनि कहिले सचेत हुने होला त्यस्तालाई पनि अझै भोट हालिरहेका छन्’, ओलीको भनाइ छ । उनले हिजो पनि राजीखुशी भोट नदिएको भन्दै कमसेकम अब आँखा खोल्न आग्रह गरे । उनले प्रचण्डपथ भनेको देशलाई भड्खालोमा हाल्ने र अन्धकारमा धकेल्ने पथ भएको आरोप लगाए ।
तपाइँको प्रतिक्रीया