२०८२ असार १३ शुक्रबार

राशिफल

झापामा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा : झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा मे।१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे।१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।