२०८२ असार १३ शुक्रबार

राशिफल

नागरिकता विधेयक फिर्ता

काठमाडौं : नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता पहिले संशोधन विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो ।

सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि विरोधको सूचना दर्ज गर्दै विपक्षी एमालेसहितका सांसदहरुले आपत्ति जनाएका थिए । तीन वर्षभन्दा लामो तयारीबाट निर्णयार्थ प्रस्तुत गरिन लागेको विधेयक फिर्र्ता लिन नहुने उनीहरुको जोड थियो ।