२०८२ असार १२ बिहीबार

राशिफल

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं  :  नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।

काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ ।