२०८२ असार १२ बिहीबार

राशिफल

बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा

काठमाडौं  :  बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

पछिल्लो विवरण अनुसार ७ हजार पाँच सय १७ मत गणना हुँदा रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन्। प्रमुखका अर्का प्रत्यासी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ३ हजार ७५३ मतका साथ अगाडि छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ पछ्याइरहेकी छन्।

निर्वाचन अधिकृत कडायतका अनुसार बूढीगंगाका ८ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ। वडा नम्बर १, २, ३, ९, र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४,७ र ८ मा कांग्रेस उम्मेदवारले जितेका छन्।