काठमाडौं : झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
आज विहान भएको दुर्घटनामा फिदिम नगरपालिका वडा नं. ५ का २६ वर्षीय कुमार खनाल मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार विर्तामोड शनिश्चरे सडकखण्डमा बा ४२ प १२ ८ नं को मोटरसाइकल सडकको किनारमा पल्टिएर दुर्घटना भएको हो ।
प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । दुर्घटनामा परेका खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।
दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया