२०८२ असार १२ बिहीबार

राशिफल

इलाममा रुखले किच्दा वृद्धको मृत्यु

काठमाडौं  :  इलाम माइ नगरपालिका ५ धोबिखोलामा सुतिरहेकै ठाउँमा रुखले किच्दा एक वृद्धको मृत्यु भएको छ ।

हावाहुरीका कारण घर नजिकै रहेको सखुवाको रुख ढलेर किच्दा ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनी जंगल नजिकै टिनको छाप्रोमा बस्दै आएका थिए । आइतवार सबेरै रुख ढलेर घरमै सुतिरहेका लिम्बुलाई किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।