बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ ।
एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०७८र०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।
यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए ।
बिरुवा वितरण कार्यक्रमलाई आर्थिक बर्ष २०७९र०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।
कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए ।
तपाइँको प्रतिक्रीया