२०८२ असार १२ बिहीबार

राशिफल

बाबुराम पक्ष को केन्द्रीय समितिको विस्तारित

काठमाडौं : समाजवादी पार्टी, नेपाल बाबुराम पक्ष को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ ।

यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।

जसपा उपेन्द्र यादव पक्ष ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो ।

त्यसपछि जसपा बाबुराम पक्ष ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो ।

त्यसपछि जसपा उपेन्द्र यादव पक्ष ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ ।

त्यसपछि जसपा बाबुराम पक्ष ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो ।