२०८२ असार ३ मङ्गलबार

राशिफल

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म नछाड्ने प्रदर्शनकारीको जित

काठमाडौं : श्रीलंकाका प्रदर्शनकारीले राजीनामा नगरेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान राखेका छन् ।

देशमा आर्थिक संकट बढेपछि आक्रोशित बनेका श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति भवन र प्रधानमन्त्रीको निवासमा कब्जा जमाएका थिए ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधबार राजीनामा दिने बताएका श्रीलंकन सभामुखले जानकारी दिएका छन् । तर गोटाबायालाई सार्वजनिक रुपमा कतै पनि देखिएको छैन ।

गोटाबायाको गलत नीतिका कारण श्रीलंका आर्थिक संकटमा फसेको र आफूहरुले इन्धन, खाना तथा औषधि नपाएको नागरिकको बुझाइ छ ।

यस्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिने बताइसकेका छन् । शनिबार उनको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गर्ने भने पनि प्रदर्शनकारीले उनीहरुको नियतमाथि शंका गरेका छन् ।