२०८२ असार १२ बिहीबार

राशिफल

तिनाउखोलामा युवतीको शव फेला

तिलोत्तमा : रुपन्देहीको तिलोत्तमा ३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् ।

पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।