२०८२ असार ४ बुधबार

राशिफल

कर्णाली प्रदेश सरकारको प्रदेश सभामा पेश गरेको बजेट आज पारित हुने

काठमाडौं :  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज सोमवार पारित हुने भएको छ ।

असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित हुने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधनसहित आज पारित गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले बताए ।

उनका अनुसार आज मुख्यमन्त्री कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका विषयगत वार्षिक कार्यक्रममाथि छलफल हुनेछ ।