२०८२ असार १२ बिहीबार

राशिफल

अध्यक्ष नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको एमाले नेता भूसालको टिप्पणी

काठमाडौं :  नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भूसालको भनाइ छ ।

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भूसालको आरोप छ ।

नेता भूसालले अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।