काठमाडौं : मोरङको कानेपोखरी गाउँपालिका ६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आइतबार राति खुकुरी प्रहार गरेका छन्।
आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्।
शरीरका खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार घरयासी विवादका क्रममा आकाशले श्रीमती रोजिनामाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको खुलेको छ।
रोजिनामाथि प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई पनि आकाशले खुकुरीले हानेको बुझिएको छ ।
घटनापछि आकाशलाई प्रहरीले पक्राउ गरेको छ।
तपाइँको प्रतिक्रीया