२०८२ असार १२ बिहीबार

राशिफल

चुनाव अगावै कुनै पनि पार्टीसंग पार्टी एकता हुँदैन  :  अध्यक्ष नेपाल

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसंग पार्टी एकता नहुने बताएको छ ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘हटवीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्देनौ, चुनावपछि छलफल गरौला ।

यो गठवन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उनले गठवन्धन कहिलेसम्म रहन्छ भन्ने जोतिषीलाई थाहा होला तर यो संसद रहदासम्म गठवन्धन रहन्छौ । उनले चुनावीमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनकढंगले तालमेल गर्ने पनि भने ।

अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए । सहकार्यका नाममा हामी अरुको आशा गरेर बस्दैनौ उनले बताए । उहाँले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरुसँग भएको पनि दावी गरे ।