२०८२ असार १२ बिहीबार

राशिफल

दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ : दाङको घोराही उपमहानगरपालिका–१० मा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । कारको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।