२०८२ असार १२ बिहीबार

राशिफल

धरान र काठमाडौं महानगरसँग मलाई नदाँज्नुस् : मेयर आचार्य

काठमाडौं : सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ ।

फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट ।’ गठबन्धनबाट मेयर बनेका आचार्यले पोखरा महानगरमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने एक्लो पात्र थिए ।

धरान, काठमाडौं र धनगढीका मेयरजस्तै उनी पनि कार्यपालिकामा अल्पमतमा पर्ने भएकाले आफूलाई स्वतन्त्रबाट जितेका ती जनप्रतिनिधिसँग आफैंले दाँजेका थिए । तर सोमबार महानगरले राखेको पत्रकार सम्मेलनमा भने मेयर आचार्यले धरान र काठमाडौं महानगरसँग आफूलाई नदाँज्न आग्रह गरेका छन् ।