काठमाडौं : फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेन को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उहाँहरुको यस्तो प्रतिवद्धता आएको हो । उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो । बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो ।
वैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ । साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलमा मुख्य विषय हो ।’
‘महानगरले काम पनि गरिरहेको छ । नेतृत्व पनि गरिरहेको छ । भोलि पनि यसलाई निरन्तरता दिनेछ ।’ फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भने, ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ ।
तपाइँको प्रतिक्रीया