काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
जेठ महिनामा मात्र ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
चालु आवमा गत आवको तुलनामा ३.८ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको संख्या ३ लाख १३ हजार ३६७ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।
तपाइँको प्रतिक्रीया