२०८२ असार ७ शनिवार

राशिफल

विद्यार्थी संगठनले त्रिविश्वविद्यालयक उपकुलपतिको कार्यकक्ष गरे तोडफोड

काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।

सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।

सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए ।

तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्वीकार गरे ।

‘हामी उपकुलपतिज्यूलाई शैक्षिक बेतिथी रोक्न ज्ञापन पत्र बुझाउन गएका थियौं । गेटबाटै हामीलाई प्रहरी परिचानल गरी पक्राउ गरेपछि सामान्य तोडफोड भएको हो’ उनले भने ।

अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए ।