काठमडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन् ।
सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेटमा उनले पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘नेपाल र नेपालको कुनै पनि पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिस्ट पार्टीको नीति रहेको कुरामा उहाँले जोड दिनुभयो’ भेटपछि श्रेष्ठले पत्रकारहरुसँग भने ।
तपाइँको प्रतिक्रीया