२०८२ जेठ ३२ शनिवार

राशिफल

नेपाललाई नामिबियाले दियो २२१ रनको लक्ष्य

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको  छ ।

स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।