२०८२ असार ३ मङ्गलबार

राशिफल

भारतमा वर्षाले जनजीवन प्रभावित, ६३ जनाको मृत्यु

काठमाडौं  :  भारतमा परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा सारिएको छ । आठ जिल्लामा रेड अलर्ट नै जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको मौसम विज्ञान विभागले आज मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

गुजरातको अम्बिका नदीमा फसेका सरकारी कर्मचारीहरुलाई हेलिकोप्टरको सहायतमा उद्धार गरिएको छ ।