२०८२ असार १३ शुक्रबार

राशिफल

मोरङमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं   :  गएराति मोरङको विराटनगर महानगरपालिका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । महानगरपालिका १४ मा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १३ का ५५ वर्षीय विजय बानिया रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको हो ।

ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङ्करसहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।