२०८२ असार १३ शुक्रबार

राशिफल

जसपा नेपालको बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै

काठमाडौं  :  जनता समाजवादी पार्टी नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आजदेखि बैठक बस्न लागेको हो ।

जसपा (बाबुराम पक्ष) का केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार बैठकको तयारी पुरा भएको छ । आज ११ बजेदेखि सुरु हुने बैठकका लागि केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।

केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाँच सय रुपियाँ शुल्क तोकेको छ । दुई दिनसम्म चल्ने सो बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ ।

बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमा छलफल हुने बताइएको छ ।

पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ । जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ ।

यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ । पार्टी एक रहने कि विभाजन हुने विषयमा यी छुट्टा छुट्टै बस्ने बैठकले तय गर्ने बताइएको छ ।