२०८२ असार १३ शुक्रबार

राशिफल

लगातार परेको वर्षाका कारण डुम्रे–बेसीसहर सडकखण्ड अवरुद्ध

काठमाडौं :  लगातार परेको वर्षाका कारण डुम्रे–बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । हिजोदेखिको निरन्तर वर्षाका कारण आज मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।