काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ ।
अन्त्येष्टि गर्नुअघि शिन्जो आबेको परिवारले प्रार्थना सभा गरेका छन् । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदालगायत सहभागी भएको थियो । शुक्रबार नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उनलाई गोली हानिएको थियो । गोली लागेका ६७ वर्षका आबेको उपचारका क्रममा ज्यान गएको थियो ।
तपाइँको प्रतिक्रीया