सप्तरी : सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ मुसहरी टोलका एक युवकको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा लुराई सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेका छन् ।
घरबाट तेल लिन निस्केको सदाको शव पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीयले पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि शवलाई पोखरीबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।
पोखरीमा डुब्नुअघि सदाले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए ।
तपाइँको प्रतिक्रीया