काठमाडौं : पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज भने सुधार भएको छ ।
मंगलबार ११.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा रोकियो ।
कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ ।
मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।
तपाइँको प्रतिक्रीया