२०८२ असार १३ शुक्रबार

राशिफल

नेपाली काँग्रेससँग एउटा विषयमा मात्र सहकार्य हुन्छ : भट्टराई

काठमाडौं : जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेससँग एउटा विषयमा मात्र सहकार्य हुने प्रस्ट पारेका छन् ।

जडीबुटीमा आयोजित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले काँग्रेसबारे बताएका हुन् ।

डा. भट्टराईले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा काँग्रेससँग आफूहरुको सहकार्य हुन सक्ने, बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले वैचारिक दृष्टिकोणले नेपाली काँग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल रहेको प्रस्ट पारेका छन् । काँग्रेसले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गरे पनि उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै नदेखिएको भट्टराईले उल्लेख गरेका छन् ।