२०८२ असार १२ बिहीबार

राशिफल

वडाध्यक्ष यौन दुरुपयोगको आरोपमा पक्राउ

काठमाडौं : मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलान बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका छन् ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले वडाध्यक्ष घलानलाई पक्राउ गरेको जानकारी दिए ।

शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि वडाध्यक्ष घलानले १८ असार बाल यौन दुरुपयोग गरेको आरोप छ ।