२०८२ असार १२ बिहीबार

राशिफल

युवा संघको सरकारविरुद्ध प्रदर्शन, ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, नारा

काठमाडौं : एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलबार युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले सरकारको जनघाती निर्णयविरुद्ध विरोध प्रदर्शनमा उत्रनुपरेको बताए ।

उनले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए ।