काठमाडौं : दाङमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । सर्पले डस्दा अर्का एक जना बिरामी भएका छन् ।
सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।
यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी हुनुभएको छ । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया