२०८२ असार १३ शुक्रबार

राशिफल

युवती बेच्न भारततर्फ लैँजादै गर्दा १ जना पक्राउ

काठमाडौं : भारततर्फ युवतीलाई बेच्न लैँजादै गर्दा पर्साको वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।

रामेछापको मन्थली नगरपालिका १४ का ४२ वर्षीय बाबु घिसिङलाई प्रहरीले सोमबार पक्राउ गरी हिजो मंगलबार सार्वजनिक गरेको हो।

सोमबार दिउँसो पर्साको वीरगञ्ज महानगरपालिका १६ मा भारतर्फ जान लागेको एक पुरुष र युवतीलाई प्रहरीले माइती नेपालका कर्मचारीको समेत उपस्थितिमा सोधपुछ गरेको थियो। शंकास्पद जवाफ दिएपछि उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान गरेको थियो।

भोजपुर घर भएकी २२ वर्षीया युवतीलाई घिसिङले भारतको कोलकातास्थित अस्पतालमा मासिक ६० हजारको काममा लगाइदिने प्रलोभनमा भारत लैजाँदै गरेको खुलेको पर्साका प्रहरी नायक उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।