२०८२ असार १२ बिहीबार

राशिफल

मुगुमा फस्टाउँदै चौरी पालन

मुगु : मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौंरी पालन फस्टाउन थालेको छ ।

केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौरी पालनमा अहिले भने स्थानीयले रूची देखाउँन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौंरी पालन फस्टाउदै गएको हो ।

मुगमकामारोङ्ग गाँउपालिका  ५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौरी पालन व्यवसाय सञ्चालमा सहयोग गरिरहेको छ ।

चौरीपालनबाट स्थानीयको आयआर्जन मात्रै बढेको छैन्, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयोग पुगेको छ ।

चौंरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएको हो ।

अहिले यस फर्ममा ४३ वटा चौरी छन् ।

चौरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नौ महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ ।

बेँसीमा भने चौंरीलाई औंल लाग्ने उनले बताए ।

लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।