२०८२ असार १२ बिहीबार

राशिफल

करेन्ट लागेर एकजनाको मृत्यु

सिरहा : सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ ।

धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डललको मृत्यु भएको हो ।

घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।

प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको लागि शव प्रादेशकि अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।