२०८२ असार १३ शुक्रबार

राशिफल

एम अधिकारी गर्भनर होइनन्, एमालेको स्पस्टीकरण

काठमाडौं : नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गर्भनर नरहेको स्पस्टीकरण दिएको छ ।

एम अधिकारी राष्ट्र बैङ्का गर्भनर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ ।

यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।