२०८२ असार १२ बिहीबार

राशिफल

कुखुरा बोकेको जीप दुर्घटनामा, साढे चार सय कुखुरा मरे

मुगु : मुगुमा कुखुरा बोकेको बोलेरो जीप दुर्घटनामा परेको छ ।

बिहीबार दिउँसो साढे दुई बजेतिर छायानाथ रारा नगरपालिका ४ रारा विमानस्थल नजिकैको हिलाम्ये सडकमा जीप दुर्घटनामा परेको हो ।

जीपमा पाँच सय ६७ वटा कुखुरा थिए । त्यसमध्ये चार सय ५० वटा कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

नेपालगञ्जबाट मुगुको लागि ब्रोइलर कुखुरा लिएर आएको जीप सडकमा अचानक पल्टेको थियो ।