२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सेयर बजार १४.७१ अंकले बढ्यो

काठमाडौं : सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

आज दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंके ०.७४ प्रतिशत ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ ।

गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।

आज बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ ।

यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।