२०८२ असार १३ शुक्रबार

राशिफल

कांग्रेस बैठक रक्षात्मक देउवा

Nepali Congress President Sher Bahadur Deuba and senior leader Ram Chandra Paudel attending a party’s meeting in Nayabaneshwor, Kathmandu, on Tuesday, August 23, 2016. Photo: RSS

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर रक्षात्मक देखिएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति देउवा रक्षात्मक देखिएका हुन् ।

देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेको बुधबार एक वर्ष पुगेको बेलामा बसिरहेको बैठकमा नेताहरुले सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि जनाएका हुन् ।

पछिल्लो समय महंगी अत्याधिक बढेको छ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । यसलाई लिएर कांग्रेस नेताहरुले सभापतिमाथि प्रश्न गरेका हुन् ।

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले नै जवाफ दिनु पर्ने अवस्था आएको छ ।

बुधबारको बैठकमा महाधिवेशनमा देउवालाई साथ दिएका नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए । उनले चुनाव नजिकिँदै गरेको भन्दै यस्तो अवस्थामा कसरी जनतामाझ जाने भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै नेता शेखर कोइराला पक्षले पनि देउवामाथि गठबन्धन गर्न नहुने दबाब बढाइरहेको छ । कोइराला पक्षले कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएर बहुमत ल्याउने गरि लाग्नु पर्ने भन्दै देउवामाथि दबाब दिएका छन् । तर देउवा रक्षात्मक देखिएका छन् । उनले गठबन्धन नगरे जित निकाल्न नसक्ने भन्दै आश्वस्त पारिरहेका छन् ।

त्यस्तै सभापति देउवामाथि प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप पनि लागेको छ । केन्द्रीय सदस्य मीनाक्षी झाले सभापतिले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाइन् ।

हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो  उनको प्रश्न थियो, तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू  किन महत्त्व बोकेको जनकपूरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्री पार्टीहरुसँग भिड्नु छ कांग्रेस बनाउन हो कि सिध्याउन  हामी लगातार बनाउन लागेका छौं पार्टीको मूल नेतृत्त्व सिध्याउन ।

कोइराला पक्षमाथि देउवा पक्षले गुटगत भेलाको आरोप लगाइरहँदा उक्त पक्षले सोही प्रश्न देउवामाथि नै तेर्स्याएको छ । कोइराला समूहले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ रु भन्दै प्रश्न गरेको छ ।

सो समूहका नेता अर्जुननरसिंह केसीले जारी केन्द्रीय समितिको बैठकमा भने,ठूलो हलको व्यवस्था होस्, कोठा दिइयोस् । हाम्रो समूहका सबै साथीहरु अट्ने खालको हुनुपर्छ । पार्टी कार्यालयमै छलफल गर्छौँ । अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झिने कि नसम्झिने  हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ रुु

बुधबारको बैठकमा देउवा निकटका केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेको बारेमा प्रश्न गरेका थिए ।

उनीहरुले कोइराला समूहका लागि पार्टी कार्यालयमै छुट्टै कोठा उपलब्ध गराउन आग्रह गरेपछि आज कोइराला समूहले यस्तो प्रश्न गरेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा प्रहरीको हतियार खरिद प्रकरणमा पनि रक्षात्मक देखिए । बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए ।

सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको उनको दाबी थियो । हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु, देउवाले भने ।

नेताहरुले सरकारमाथि र पार्टी सञ्चालनको विधीमाथि निरन्तर प्रहार गरिरहँदा देउवा रक्षात्मक देखिएका हुन् । तर, उनी सजिलै सम्झौता गर्ने नेता भने होइनन् । जसको उदाहरण उनले बैठकमै दिएका छन् । सभापतिको निर्वाचनका बेला एमाले फेरि सत्तामा फर्कने त्रास देखाएका देउवाले यसपटक पुन पार्टीको सत्तामा तेहेरिनका लागि विधान संशोधन गर्ने धम्की दिए । देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताए । कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो ।