२०८२ असार १३ शुक्रबार

राशिफल

ताप्लेजुङमा चट्याङ लागेर १ को मृत्यु, २ घाइते

काठमाडौं  :  ताप्लेजुङमा चट्याङ लागेर हिजो बिहीबार एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् ।

घाइते दुवै स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।