२०८२ असार १३ शुक्रबार

राशिफल

भारतले नेपालका प्राकृतिक प्रकोप प्रभावित परिवारहरूको लागि राहत सामाग्री प्रदान

काठमाडौं  : भारत सरकारले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूको लागि राहत सामाग्री प्रदान गरेको छ ।

आज शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्री बालकृष्ण खाँणलाई २ हजार थान टेन्ट र १० वटा मोटर बोट हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी दिनमा पनि नेपाललाई भरतको तर्फबाट सहयोग उपलब्ध गराउने प्रयास जारी राख्ने आश्वासन दिएको छ ।