२०८२ असार १३ शुक्रबार

राशिफल

जिल्ला कारागार मोरङमा फैलियो कोरोना, १९ जना अस्पताल भर्ना

काठमाडौं  :  जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो ।

कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् ।

अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आए पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ ।

बिहीबार अस्पताल भर्ना भएका बिरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बताए । उनले सबैको पीसीआर गर्ने तयारी भइरहेको बताए ।

बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्ष्क्षण भएपनि मृतकको भने कोरोना जाँच भएन् । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव बुझेर आफन्तले लगिसकेका छन् ।
कारागारमा हाल एक हजार ८७ जना कैदी बन्दी छन् । कारागारको क्षमता भने महिला पुरुष गरी तीन सय जना हो ।