२०८२ असार १२ बिहीबार

राशिफल

वेपत्ता २ बालकको शव फेला

रौतहट : बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ।

बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए ।

लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग गरेका लुगा, साइकल , पाठ्यपुस्तक, चप्पल लगायतका सामाग्रीहरु फेला परेपछि सुरक्षाकर्मीको सहयोगमा बागमती नदीमा खोजतलास सुरु गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहका अनुसार साथीहरु नदीमा हराएका डराएर लुकेर बसेका ६ जनामध्ये ४ जना दुई घण्टापछि अभिभावकको सम्पर्कमा आएका थिए भने हराएका २ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहीबार राति अबेरसम्म खोजतलास गर्दा केही नभेटिए पछि शुक्रबार बिहानैदेखि खोजतलास गरिएको थियो ।

सोही क्रममा शुक्रबार बिहान हराइरहेका २ जनाको बालकको शव फेला परेको हो ।