२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बालापनको साथि

सँधैभरि सम्झिरहन्छु बालापनको साथि
हाँस्ने खेल्ने झगडा त गर्थेउ कति।

घाँस दाउरा वन पाखा धेरै गरियो
गर्मी याममा पौडि खेल्न खोला झरियो।

नौ बजे तयार भई विद्यालय जान्थ्यौं
घरबाटै खाजा लग्थ्यौँ मिलीजुली, खान्थ्यौँ ।

चार बजे स्कुल छुट्यो छ बजे घर पुग्थ्यौं
गृहकार्य बुझाउने बेला बेन्चमुनि लुक्थ्यौँ।

कएअर्कामा विश्वास थियो बोल्दैनथ्यौँ झुट
दुस्ख सुख जे पर्दानी हुन्थ्यौँ एकजुट।

बच्चैदेखि सँगै हुर्केयौँ माया बस्यो गाडा
समय र परिस्थितिले भयौँ टाढा टाढा।

ज्यान टाढा भएपनि याद मनभरी
हाम्रो माया जीवित सँधै अजम्बरी।

लेखक : शैलजा लम्साल