२०८२ असार १३ शुक्रबार

राशिफल

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, उपसभामुख चयन गरिँदै

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ ।

शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता पहिले संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ ।

उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ ।

गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् ।

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् ।

भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।